News Portal

झापामा थपिए अर्का काेराेना संक्रमित

रातोपोस्ट संवाददाता
५६३ पटक

काठमाडौं । नेपालमा एक जना कोरोना संक्रमित थपिएका छन् ।

भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड–१९ को संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चम्लागाईंले संक्रमण पुष्टि भएको बताए । उनका अनुसार युवकलाई बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका एक/ एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्