News Portal

१० जनामा संक्रमण भेटिएपछि गाउँपालिका सिल

रातोपोस्ट संवाददाता
१४८५ पटक

झापा। भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिका सिल गरिएको छ ।

भारतबाट आएका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि गाउँपालिकाका सिल गरिएको कचनकवलका अध्यक्ष अञ्जार आलमले बताए ।

कचनकवलका क्वारेनटाइनमा बसेकामध्ये १० जनालाई कोरोना संक्रमण देखिएको छ । साेमबार एक जना र मङ्गलवार ९ जनामा कोरोना देखिएपछि गाउँपालिकाले सो निर्णय लिएको अध्यक्ष आलमले बताए ।

प्रतिकृया दिनुहोस्