News Portal

बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजार नाघ्यो

रातोपोस्ट संवाददाता
५३५ पटक

एजेन्सी । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी पुगेको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र वेल्समा मात्रै करिब १० हजार व्यक्तिको स्याहार केन्द्रहरूमा मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।

बेलायतमा यही मे ८ गतेसम्ममा ४० हजार ९०२ व्यक्तिको मृत्यु भएको र यो सङ्ख्यामा पछिल्ला आठ दिनको मृतक सङ्ख्या गणना गर्दा थप केही हजार व्यक्तिको मृत्यु भएको छ ।
स्याहार केन्द्रमा भएका मृत्युलाई पनि कोभिड–१९ का कारण मृत्यु भएको आशङ्का गरिएको र उनीहरूको मृत्यु प्रमाणपत्रमा सोही कुरा उल्लेख गरिएको भन्दै सार्वजनिक तथ्याङ्कमा बेलायतमा मृत्यु हुनेको सङ्ख्या सोमबार विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको ३४ हजार ७९६ भन्दा निकै माथि रहेको बताइएको छ ।

अहिलेसम्म बेलायत यूरोपमा सबैभन्दा बढी प्रभावित मुलुक भएको छ । इङ्ल्याण्ड र वेल्सस्थित स्याहार केन्द्रमा मृत्यु भएकाको सङ्ख्या छ हजार ३५ हुनुपर्नेमा तीन हजार ९३० भएको उल्लेख गरिएको थियो । यो सङ्ख्या समावेश गर्दा ती राज्यका स्याहार केन्द्रमा नौ हजार ९७५ व्यक्तिको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्