News Portal

नेपालमा कोरोनाबाट अर्का एकको मृत्यु, मृतकको संख्या ३ पुग्यो

रातोपोस्ट संवाददाता
१२३७ पटक

काठमाडौं ।गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमितबाट गुल्मीका ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन्। रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए।

‘अस्पतालले औपचारिक रुपमा मन्त्रालयलाई मृत्युको जानकारी पठाएको छ, चौधरीले भने,‘शव व्यवस्थापनको तयारी थालिएको छ।’ विरामीको भेन्टिलेटरमा उपचार भइरहेको थियो। जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनका कोरोना पोजेटिभ देखिएको हो। भैरहवास्थित प्रयोगशालाले स्वाव परीक्षण गरेको थियो।

१ सय ९६ जना संक्रमित भएका छन्। संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ। कोरोना संक्रमणपछि क्रिमसन अस्पताल, अर्घाखाचीको छाया पोलिक्लिनिक शील गरिएका छन्। बुधबार संक्रमितको मृत्यु भएको हल्ला फैलिएपछि अस्पतालले विज्ञप्ति जारी गर्दै मृत्यु नभएको जनाएको थियो।

प्रतिकृया दिनुहोस्