News Portal

  • कोरोना निको भएपछि विराटनगरबाट थप आठजना डिस्चार्ज

    रातोपोस्ट संवाददाता
    ३८९ पटक

    काठमाडौं। विराटनगस्थित कोशी अस्पतालमा उपचार गराइरहेका ८ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा उनीहरुलाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्।

    यो सँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४५ जना पुगेको छ। यसैगरी हालसम्म ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा २ हजार ४ सय ८८ जनाको परीक्षण गरिएको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा हालसम्म ३५ हजार ४ सय ९४ जनाको कोरोना भाइरसको पिसिआर परीक्षण गरेको छ।

    हाल २३ हजार २ सय २ जना क्वारेन्टानइमा रहेको समेत प्रवक्ता डा देवकोटाले जानकारी दिए। कोरोना संक्रमण भएपछि २ जनाको भने निधन भएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)