News Portal

  • झापामा थप ५ जनामा कोरोना संक्रमण देखियो, संक्रमित संख्या १७ पुग्यो

    रातोपोस्ट संवाददाता
    ६६६ पटक

    झापा। झापामा बुधबार थप ५ जना कोरोना संक्रमित भेटिएका छन् । झापा कचनाकवलका ५ जनालाई पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्यावमा परीक्षण पछि उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

    मंगलवार मात्र सोही स्थानबाट ९ जना संक्रमित विराटनगर स्थित कोरोना उपचार केन्द्रमा ल्याइएको कोशी अस्पताल कोरोना उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानहादुर वस्नेतले जानकारी दिनुभयो ।

    संक्रमितहरुमा ४ जना पुरुष र १ जना महिला रहेका छन् । झापामा अझै संक्रमित भेट्न सकिने सम्भावना बढेको सामाजिक विकास मन्त्रालय श्रोतले जानकारी दिएको छ । उनीहरुलाई कहाँ राखेर उपचार गर्ने भन्ने जानकारी आएको छैन ।

    पछिल्लो तथ्यांक अनुसार झापामा संक्रमितको संख्या १७ पुगेको छ भने २ जना उपचारपछि निको भएर फर्केका छन् । भारतमा मजदुर गरिरहेका नेपालीहरु आफ्नो घर आउने क्रम बढ्न थालेपछि झापामा संक्रमितको संख्या बढ्न थालेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)