News Portal

  • भारतले मे २५ देखि आन्तरिक हवाइ उडान सुचारु गर्ने

    रातोपोस्ट संवाददाता
    ५७७ पटक

    काठमाडाैं । भारतले आगामी मे २५ देखि आन्तरिक हवाइ उडानहरु पुनः शुरु गर्ने भएको छ । भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले एक ट्वीट जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन्।

    ‘सबै विमानस्थलहरु र विमान कम्पनीहरुलाई मे २५ देखि आफ्नो कार्य सुचारु गर्न सूचित गरिसकिएको छ,’ उनले आफ्नो ट्वीटमा भनेका छन् ।

    भारत सरकारले गत मार्च २५ देखि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु रोकेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)