News Portal

बिहीवार राति १२ बजेदेखि बिर्तामोड सिल गर्ने निर्णय

रातोपोस्ट संवाददाता
११५८ पटक

बिर्तामोड । झापामा कोरोनाको संक्रमण बढ्दै गएपछि बिर्तामोड नगरपालिकाले भोलि बिहीबारदेखि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ ।आज सम्पन्न बिर्तामोड नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले बिहीवार राति १२ बजेदेखि बिर्तामोड क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

बिर्तामोड प्रवेश गर्ने सबै नाका बन्द गर्ने निर्णय भएको बिर्तामोड नगरका प्रेस सल्लाहकार तीर्थ सिग्देलले जानकारी दिए । उनका अनुसार औषधि र कृषिजन्य वस्तुको व्यवसाय भने खुला गर्न दिइनेछ ।

बाँकी सबै किसिमका व्यापार तथा व्यवसाय बन्द गर्ने निर्णय भएको छ ।बिर्तामोड प्रवेश गर्ने चारैतिरका नाकामा कडाई गर्ने समेत बताइएको छ ।

प्रतिकृया दिनुहोस्