News Portal

  • लकडाउनमा हेलचक्र्याइँ गर्दा कोरोनाको जोखिम बढ्दै

    रातोपोस्ट संवाददाता
    ३६६ पटक

    जनकपुर। यस प्रदेशको आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ । यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको पालना राम्रोसँग नहुनाले पनि प्रदेशमा जोखिम बढ्दै गएको सम्बद्ध व्यक्तिहरूकोे भनाइ छ ।

    लहान समाचारदाता जिवछ यादवका अनुसार बन्दाबन्दीको पूर्ण पालना नहुनाले सिरहाका सरोकारवाला निकायबाट चिन्ता व्यक्त गर्न थालिएको छ । लहान स्वास्थ्य शाखाका प्रमुख रामसुन्दर यादव देशकै सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा समेत बन्दाबन्दीको पूर्ण पालना नभएको बताउँछन् ।

    प्रहरी गाडी आएपछि घरभित्र जाने अरूबेला हेलचक्र्याइँ गर्ने, साँझबिहान चिया पसल, मदिरा पसल र चोकमा गफ गरेर बस्नेहरूको भीडभाडले कोरोना सङ्क्रमित हुनसक्ने जोखिम बढ्दै जान थालेको बताइन्छ । गोरखापत्र दैनिकमा

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)