News Portal

  • झापामा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७ पुग्याे

    रातोपोस्ट संवाददाता
    ७१४ पटक

    विर्तामोड । झापामा थप १० जनामा कोरोना पुष्टि भएको छ ।

    कचनकवल गाउँँपालिकाको क्वारेन्टाइनमा राखिएका व्याक्तिहरुमा संक्रमण देखिएको हो । आज विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस वि‌‌‌‌‌ज्ञप्ति अनुसार झापामा थप १० जनामा कोरोना पुष्टि भएको हो । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

    यस अघि सोही क्वारेन्टाइनमा रहेका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु केही दिन अघिमात्र भारतबाट आएका थिए । योसंगै प्रदेश १ मा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)