News Portal

अम्फान आँधीका कारण बङ्गलादेश र भारतमा ८४ जनाको मृत्यु, सयौँ संरचनाहरु ध्वस्त

रातोपोस्ट संवाददाता
४५१ पटक

एएफपी। भारतमा बंलादेशमा आएको विनाशकारी आँधीका कारण अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ । सन् १९९९ देखि अहिलेसम्मको सवैभन्दा बढी विनाशकारी मानिएको यस आँधीलाई आम्फान नाम दिइएको छ ।

आँधीका कारण मानवीय क्षतिसँगै घरलगायतका सयौँ भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने बालीनाली र रुख बोट विरुवाहरु पनि नष्ट भएका छन् ।भौतिक संरचनामा क्षति पुगेकोले प्रभावित क्षेत्रमा विद्युत, पानी, सञ्चारलगायतका सेवाहरु पनि अवरुद्ध भएको अधिकारीहरूले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले एक करोड मानिस आँधीबाट प्रभावित भएको र पाँच लाख मानिसले घर गुमाएको जनाएको छ ।घटनामा परेकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको सङ्ख्या अझ बढ्न सक्ने पनि राष्ट्रसंघको अनुमान छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार भारतको पश्चिम बङ्गाल प्रदेशमा मात्रै ७२ जनाको मृत्यु भएको छ । ती मध्ये १४ जनाको प्रदेश राजधानी कलकत्तामा मात्रै मृत्यु भएको मुख्यमन्त्री ममता बनर्जीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “यति ठूलो र विनाशकारी आँधी मैले अहिलेसम्म देखेकी थिइन ।”

आँधीको प्रभाव परेको बङ्लादेशमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मौसम पुर्वानुमान राम्रो भएकाले लाखौ मानिसलाई उद्धार गर्न सफल भएको र मानवीय क्षति कम भएको उनीहरुको भनाई छ ।बङ्लादेशमा २४ लाख मानिसलाई विभिन्न शिविरहरुमा राखिएको छ । जवकी भारतमा छ लाख ५० हजार मानिसलाई स्थानान्तरण गरेको छ ।

आँधीका कारण कम्तीमा पनि एक करोड मानिस विद्युत सेवाबाट बाहिर रहेको बंगलादेशका ग्रामिण विद्युतीय बोर्डका प्रमुख मोइन उद्दिनले जानकारी दिनुभयो ।“आँधीका कारण अनगिन्ती विद्युत पोलहरु ढलेका छन्, टा«म्सफर्मरमा क्षति पुगेको छ, त्यसैगरी असिमित रुखहरु ढलेका छन्,” उहाँले भन्नुभयो ।सडकमा समेत क्षति पुगेको र अन्य संरचनाले सडक छेकिएकाले सवारी साधनहरु सञ्चालन हुन नसक्ने अवस्थामा रहेका छन् ।

कोरोनाभाइरसको त्रासमा रहेकै बेला विनाशकारी आँधी आएपछि यस क्षेत्रका नागरिक दोहोरो मारमा परेका छन् ।कोरोनाभइरसको त्रासकै कारण उद्धार तथा व्यवस्थापन कार्यमा पनि अरु बेलाभन्दा बढी कठिनाई भएको उद्धार कार्यमा सम्लग्न अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्