News Portal

विश्वभर कोरोना : ३ लाख ३४ हजारको मृत्यु, २४ घण्टामा १ लाख ५ हजार बढी संक्रमित थपिए

रातोपोस्ट
४८१ पटक

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभरमा ३ लाख ३४ हजारको मृत्यु भएको छ । आज बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार ५७ पुगेको हो ।

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, रुस, ब्राजिल लगायत देशमा परेको छ । तुलनात्मक रुपमा कम विकसित अफ्रिकी देशमा कोरोना संक्रमण कम देखिएको छ । अमेरिकामा ९६ हजार कोरोना संक्रमितले ज्यान गुमाएका छन् । बेलायतमा ३६ हजार ४२, इटलीमा ३२ हजार ४८६, फ्रान्समा २८ हजार २१५, स्पेनमा २७ हजार ९४०, ब्राजिलमा २० हजार ४७ ले संक्रमितको मृत्यु भइसकेको छ ।

४६ हजार भन्दा धेरै संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा अघिल्ला केही हप्ताको तुलनामा बढेको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख ५ हजार २९४ कोरोना संक्रमित थपिएका छन् । केही हप्ता यता दैनिक थपिने संक्रमितको संख्या १ लाखभन्दा कम रहने गरेको थियो । तर पछिल्लो २४ घण्टामा यो संख्या अघिल्ला दिनहरुको तुलनामा बढेको हो ।

प्रतिकृया दिनुहोस्