News Portal

थप ९ जनामा कोरोना : संक्रमितको संख्या ५१६ पुग्यो

रातोपोस्ट संवाददाता
४६८ पटक

काठमाडौं। शुक्रबार राति थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मकवानपुर हेटौडा–३ की महिला र भक्तपुर–९ की महिलामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरामा गरएिको परीक्षणमा सप्तरीको बलान– बिहुल गाविसका ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडामा गरिएको परीक्षणमा बाराका ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाराको सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८, ४५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमित जिल्लाहरु ४० पुगेको छ । नेपालमा कोरोना संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । आज मात्र बाँकेको नेपालगञ्जमा २१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

प्रतिकृया दिनुहोस्