News Portal

भारतबाट काँकरभिट्टा भित्रिएका १५ जनामा एण्टीबढी पोजेटिभ

रातोपोस्ट संवाददाता
६७१ पटक

झापा । भारतबाट काँकरभिट्टा भित्रिएका करिव ३१५ जना नेपालीहरुको शुक्रबार आरडीटी टेष्ट गर्दा १५ जनामा एण्टीबढी पोजेटिभ भेटिएको छ ।

मेचीनगरको धाइजनस्थित स्वास्थ्य केन्द्र क्वाररेन्टाइनमा रहेका २२, आदर्शमा माध्यमिक विद्यालय आयावारी क्वारेन्टाइनमा रहेका १ सय ४५ र काँकरभिट्टा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका १ सय ४८ गरी कुल ३ सय १५ जनाको नोेवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरेको थियो ।

विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएका नेपालका विभिन्न जिल्लाका तीन सय १५ जनाकोे र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो ।

ती मध्ये काँकरभिट्टा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका १ सय ४८ जना मध्ये ३ र आदर्श माध्यमिक विद्यालय आयावारी क्वारेन्टाइनमा रहेका १ सय ४५ जनामध्ये १२ गरी कुल १५ जनाको जनामा एन्डीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

उनीहरुको शनिबार पीसीआर टेष्ट गरि विराटनगर स्थित कोरोना परिक्षण गर्ने प्रयोगशालामा पठाइने उनले बताए । विहीवार राति सीमा नाका पानीट्याङ्कीबाट उनीहरु काँकरभिट्टा भित्रिएका थिए ।

प्रतिकृया दिनुहोस्