News Portal

मन्त्री अर्यालद्वारा नेपालको नयाँ नक्सा राष्ट्रपति, प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतालाई हस्तान्तरण

रातोपोस्ट संवाददाता
६५१ पटक

काठमाडौं । नेपाल सरकारले बिहिबार सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राष्ट्रपति विद्यादेवी भण्टारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन् । त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्‍नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली कांग्रेसका सभापति देउवालाई हस्तान्तरण गरेकी हुन् ।

गत जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो ।

मन्त्रीपरिषद्ले नक्सा स्वीकृत गरेपछि बिहिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नक्सा सार्वजनिक गरेको हो ।

प्रतिकृया दिनुहोस्