News Portal

झापाको सीमामा फेरि नेपाली प्रहरीमाथि भारतीयको आक्रमण

रातोपोस्ट संवाददाता
८३४ पटक

झापा। भारतीय नागरिकहरुले झापाको सीमामा नेपाली सुरक्षाकर्मी माथि गर्ने आक्रमण अझै रोकिएको छैन । भारतीयहरु नेपाल प्रवेश गर्न खोजेपछि नेपाली सशस्त्र प्रहरीले रोक्न खोज्दा उनीहरुले आक्रमण गर्ने गरेका हुन् । भारतीय नागरिकले आज शुक्रबार पनि नेपाली सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् ।

उनीहरुको आक्रमणबाट नेपाल सशस्त्र प्रहरीका हवल्दार शंकर चौधरी घाइते भएका छन् । झापामा कोरोनाभाइरसको हटस्पट बनेको कचनकवल गाउँपालिकामा रहेको १२२ नम्बर पिलर नजिकै यो घटना भएको हो । त्यहाँ पाँच जना सशस्त्र प्रहरी सीमा सुरक्षाका लागि खटिएका थिए ।

शुक्रबार विहान त्यही ठाउँमा भारतीय नागरिक आएर नेपाली सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् । पहिले केही भारतीय आएको र सशस्त्र प्रहरीले उनीहरुलाई नेपाल नआउनु भनेपछि कम्तिमा पनि ६० जना भारतीय आएर नेपाली सशस्त्रमाथि आक्रमण गर्न थालेको बताइएको छ । यो घटना भएपछि नेपाली नागरिक पनि सीमामा भेला भएपछि भारतीय भागेका थिए ।

प्रतिकृया दिनुहोस्