News Portal

थप ३२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ५४८ पुग्यो

रातोपोस्ट संवाददाता
८१२ पटक

काठमाडौं । नेपालमा आज बिहान थप ३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सर्लाहीमा १३, कपिलवस्तुमा र रुपन्देही ८ र ८ जना, बारा, काठमाडौं र चितवनमा एक र एक जना गरी ३२ जना संक्रमित भेटिएका हुन् । सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा मात्रै १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।

थपिएका ३२ संक्रमितमध्ये २ जना महिला र बाँकी ३० जना पुरूष भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्