News Portal

युनिर्भसल मेडिकल कलेजलाई कारवाहीको चेतावनी

प्रकाश आचार्य
२८९३ पटक

काठमाडौं। कोरोना भाइरस नियन्त्रणमा असहयोग गरेको भन्दै प्रदेश पाँच सरकारले रुपन्देहीको भैरहवास्थित युनिर्भसल मेडिकल कलेजलाई कारवाही चेतावनी दिएको छ ।

सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा महाशाखाले महाशाखाले शुक्रवार पत्र काटेर प्रदेश सरकारले अघि सारेको योजनाहरु कार्यान्वयनमा वेवास्ता गरेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले पत्रमार्फत चेतावनी दिएको हो ।

यसअघिको प्रतिबद्धता अनुसार प्रदेश सरकारले कोभिड १९ का बिरामीलाई उपचार गर्ने क्रममा आनाकानी गरेपछि चेतावनी पत्र काट्नु परेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले बताए ।

डा. चौधरीका अनुसार रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजले कोभिड १९ को व्यवस्थापनमा असहयोग गरिसकेको छ । उसलाई कोभिड १९ का बिरामीलाई उपचारमा जनशक्ति पठाउन र त्यहाँ छुट्याइएको २० वेडमा बिरामी भर्ना गर्न भनिएकोमा नमानेको डा. चौधरीले बताए ।

मन्त्रालयका अनुसार उक्त मेडिकल कलेजलाई तिन जना फिजिसियन कन्सल्टेन्स, ६ जना मेडिकल अधिकृत र ९ जना नर्सिङ स्टाफ तोकि कोरोना विशेष अस्पतालमा खटाउन निर्देशन दिएको थियो ।

त्यसैगरी २० वटा वेड आईसोलेशन वेडको लागि छुटाउनका लागि भनेको थियो । अहिले सम्म प्रदेश नं ५ मा २ सय भन्दा बढी संक्रमित पुगेका छन । त्यसैगरी क्वरेन्टाईनमा १५ हजार भन्दा बढी व्यक्ति रहेका छन् ।

सामाजिक विकास मन्त्रालयले गत चैत्र ११ गते पत्र काटेर कोभिड –१९को रोकथाम तथा नियन्त्रणको लागि तोकिएको जनशक्ति व्यवस्थापन गर्न तथा आईसोलसन वेडमा संक्रमितहरुलाई राख्न आग्रह गर्दे पत्र पठाएको बताइएको छ ।

मेडिकल कलेजका प्रबन्धक कमलराज ढकालले कुनै तयारी बिना नै अस्पतालले पत्र काटेको बताए । उनले भने, ‘केही समय अगाडि जनशक्ति चाहियो भनेर छलफल भएको थियो । तर यति कर्मचारी चाहियो भनेर पत्र आएन । मौखिक कुराले मात्र कसरी जनशक्ति दिन सकिन्छ त ?’

उनले थपे, ‘चिकित्सक र नर्सको सुरक्षाको ग्यारेन्टी गरे २ जना कन्सलटेन्ट र ६ जना नर्स उपलब्ध गराउन सकिन्छ । तर उनीहरुको सुरक्षा र खान बस्नको ग्यारेन्टी हुनुपर्‍यो ।’

प्रतिकृया दिनुहोस्