News Portal

क्वारेनटाइनमा बसेका युवाहरुले विद्यालयको पर्खाल लगाए

रातोपोस्ट संवाददाता
५५० पटक

बझाङ । थलारा गाँउपालिकास्थित शारदा उच्च माध्यमिक विद्यालयको क्वारेनटाइनमा बसेका युवाहरुले विद्यालयको प्राङगणमा पर्खाल लगाएका छन् । लामो समय भारतका विभिन्न क्वारेन्टाइनमा बसेर आएका उनीहरुले यहाँको क्वारेन्टाइनमा बस्दा केही सकारात्मक काम गर्नु पर्छ भन्दै पर्खाल लगाएका हुन् ।

साथै विद्यालयमा चर्पीसमेत पुन निर्माण गर्ने बताएका छन् । पर्याप्त मात्रामा औजार नभएका कारण भनेजति काम गर्न नसकिएको र औजारको माग गरिएको उनीहरुले बताएका छन् । भारतको रामपुरमा अलपत्र परेका उनीहरुलाई एक हप्ताअघि मात्रै स्थानीय तह तथा सरोकारवाला मिलेर उद्धार गरेको थियो ।

भारतको रामपुरबाट आएका उनीहरुसँग ३९ जना युवासहित महिला तथा बालबालिका गरेर यस विद्यालयमा ६८ जना रहेका छन् ।

थप शनिबार वडा नम्बर एक र दुईका गरेर भारतबाट मात्रै १०२ जना यहाँ पुगेको र उनीहरुको व्यवस्थापन गर्न गाँउपालिका लागि परेको थलारा गाँउपालिका २ का वडाध्यक्ष हेमराज खड्काले बताए ।

प्रतिकृया दिनुहोस्