News Portal

  • ब्राउन सुगरसहित दुई जना पक्राउ

    रातोपोस्ट संवाददाता
    ३३२ पटक

    झापा। झापाको बिर्तामोडमा लागु औषध ब्राउन सुगरसहित २ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका -४ बस्ने २८ वर्षीय पवन चौधरी र सोही ठाउँका २८ वर्षीय महेश गुरुङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

    प्रहरीका अनुसार बिर्तामोड- ५ स्थित कृष्ण चित्र हल छेउमा प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट प्लास्टिकमा बेरिएको ४ ग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)