News Portal

कांग्रेस पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्ने

रातोपोस्ट संवाददाता
७०९ पटक

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

बैठकमा कोभिड महामारी संक्रमण रोकथाममा सरकारले निर्वाह गरेको भूमिका, नेपालको नयाँ नक्सा समेटेर संविधान संशोधन गर्न संसद पेश भएको विधेयकमा पार्टीको भूमिका लगायतबारे छलफल गर्ने तयारी भएको छ । सरकारले संसद सचिवालयमा नेपालको नयाँ नक्सा जारी गरेपछि संविधानको अनुसूची ३ संशोधन गर्न विधेयक पेश गरिएको छ ।

नेकपा नेतृत्व सरकारले ३१ वैशाखमा गरेको सर्वदलीय बैठकको आधारमा नयाँ नक्सा सार्वजनिक र संविधान संशोधन विधेयक दर्ता गरेको छ । तर, नयाँ नक्सा समेट्न गरिन लागेको संविधान संशोधनकै बेला जनता समाजवादी पार्टीले भने आफ्नो मागबारे समेत छलफल चलाउन माग कांग्रेससँग प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको ८ वैशाखमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरु बीच गठबन्धन बनेको छ । कांग्रेस पदाधिकारी बैठकमा यिनै दुई विषयका ।साथै १५ जेठमा आउने बजेटबारे समेत छलफल हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्