News Portal

मेरो जिब्रो चिप्लियो, अब बोल्दा हेक्का राख्छु : वर्षा राउत

रातोपोस्ट संवाददाता
७०६ पटक

काठमाडौं। नायिका वर्षा राउतले आफू राष्ट्र र राष्ट्रियताव्रिद्ध नरहेको स्पष्ट पारेकी छन् । नायिका राउतले सामाजिक सञ्जालमा आएका भद्दा गालीले आफूलाई भावनात्मक ठेस पुगेको बताएकी छन् ।

‘हो, म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि–तल परेकी छैन,’ उनले भनेकी छन् , ‘संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।’

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर नक्सा जारी गरेर नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको र आफू त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार रहेको बताएकी छन् ।

‘यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ’, उनले भनिन् ।

उनले आफूले गल्ती बोलेकाले आइन्दा बोल्दा विचार पुर्याउने बताउकी छन् । ‘मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब–आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु’, उनले भनिन् ।

प्रतिकृया दिनुहोस्