News Portal

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो

रातोपोस्ट संवाददाता
५१९ पटक

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।

संक्रमण पुष्टि हुनेमा मोरङ बाह्रदशी–३ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।

त्यस्तै आज नै बारा जिल्लाका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज पर्सामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा वीरगञ्ज पर्साका २५ वर्षीय पुरुष, बारामा कार्यरत अर्का ३४ वर्षीय पुरुष र पर्साको नागवा भन्ने ठाँउका ७० वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै रौतहत कलैयाका ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ७ का ४८ वर्षीय पुरुष, रुपन्दहेही समारीमाइ ५ का २ जना ४० र ५० वर्षीय पुरुष तथा रुपन्देही १ का ३२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि देखिएको मन्त्रालयले जनाएको छ ।त्यस्तै काठमाडौं सोह्खुट्टेका ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज पहिलो पटक नुवाकोटमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ककनी गाउँपालिकाका ३९ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । नेपालमा ३ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । भने ८७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म नेपालका ४२ जिल्लामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिकृया दिनुहोस्