News Portal

मेचीनगर कोरोना कार्यदलका २ जनाले दिए राजिनामा

रातोपोस्ट संवाददाता
११०० पटक

झापा। कोरोना भाइरस नियन्त्रणका लागि मेचीनगर नगरपालिकाले गठन गरेको कोरोना भाइरस नियन्त्रण विशेष कार्यदलका दुई सदस्यले राजिनामा दिएका छन् ।

नगरप्रमुखको नेतृत्वमा रहेको उक्त कार्यदलका सदस्यहरु सन्तोष आचार्य र ज्ञानेन्द्र निरौलाले आज संयुक्त रुपमा राजिनामा दिएका हुन । आचार्य र निरौलाले नगरपालिका कार्यलयमा राजिनामा पत्र बुझाए पछि संयुक्त प्रेस बिज्ञप्ती मार्फत राजिनामा दिएको जानकारी गराएका छन ।

कोरोना भाइरसको विश्वप्यापी संक्रमणको अवस्थाबाट नगरबासीलाई सुरक्षीत राख्ने कार्ययोजना सहित बनेको कार्यदलमा बसेर काम गर्ने वातावरण नभएकाले राजिना दिनु परेको पत्रकार समेत रहेका आचार्य र निरौलाले जनाएका छन ।

मेचीनगरका मुख्य राजनीतिक दलका नगर नेतृत्व सहित १५ सदस्यीय रहेको कार्यदलको बैठकमा नै नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टी देखाउँदै कार्यदलका सदस्य तथा मेची अभियानका संयोजक बिजय डालमियाले यस अघि नै राजिनामा दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस्