News Portal

एन महरकाे अभिव्यक्ति खण्डन गर्दै अखिल क्रान्तिकारीका नेता विष्टद्वारा प्रश्नै प्रश्न, जवाफ दिन चेतावनी

रातोपोस्ट संवाददाता
१२८५ पटक

काठमाडौं ।सत्तासिन नेकपाकाे विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष एन महरले नेत्र विक्रम चन्द (विप्लव) र डाक्टर बाबुराम भट्टराई नेपाली जनताका वास्तविक दुस्मण भएको टिप्पणी गरेपछि उनको तिव्र आलोचना शुरु भएको छ।
लामो ईतिहास बोकेको देशकै ठुलो बिद्यार्थि संगठनको संयोजक रहेका ऐन महरले पुर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइलाई हार्दिक श्रदाञ्जली भन्दै सामाजिक सञ्जालमा लेखेको बिषयलाई लिएर चौतर्फि आलोचित भएको भोलिपल्ट नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र स्वयं महासचिव विप्लवलाईनै लक्षित गरी दिएको अराजनैतिक अभिव्यक्ति विरुद्ध अखिल (क्रान्तिकारी )काठमाडौंका जिल्ला संयाेजक गाेबिन्द बिष्टले उनको अभिव्यक्तिको खण्डन गरेका छन । साथै उनले एन महरलाई प्रश्नै प्रश्न तेर्साएर जवाफ दिन चुनौती दिएका छन्।

हेरौँ नेता बिष्टको प्रश्न सहितको बिचार

अनेरास्ववियुका संयोजक एन महरले विप्लवले नेतृत्व गरेको नेकपाको बारेमा केही गम्भीर आरोप लगाएका छ्न । नेकपा जनतामा स्थापित हुन थालेपछी बढ्दो लाेकप्रियताबाट अत्तालीएर कपोकल्पित लगाईएका मिथ्या आरोपहरु खारेज गरिन्छ । उनले लगाएका आरोपहरु खण्डन गरिएको छ । ऐन महर जी, पाँच मिनेट समय दिएर पढ्नुहोला र भ्रम मुक्त हुनुहोला !

१- हत्याहिंसाको माध्यमबाट समाजलाई आतंकित पारेको आरोप जो उनले लगाएका छ्न, २०७६ जेठ ७ गते भोजपुरमा तिर्थराज घिमिरेको हत्या कसले गरेको हो ? कुमार पौडेलको हत्या कसले गरेको हो ? निर्मला पन्तको बलात्कार पछि हत्या गरिँदा बिरोधमा उत्रिएका १४ बर्षका विद्यार्थी सनिको हत्या कसले गरेको हो? सांसद अपहरण कसले गरेको छ ? नेपालमा सरकारको नालायकिपनका कारण प्रतिदिन १५ देखि १६ जना आत्महत्या गर्छन, अनि ओलि सरकार हत्यारा नभएर कसरी विप्लव हत्यारा !

२- धम्की दिने, चन्दा उठाउने जो आरोप छ, पहिलो कुरा क्रान्तिकारी पार्टी जनताकै सहयोगबाट चल्ने हो । नपत्याए ओलि बालाई सोध्नुहोला । तसर्थ जनताबाट स्वेच्छिक सहयोग पार्टीले लिन्छ । धम्की दिएर चन्दा उठाएको प्रमाण पेश गर्न चुनौती दिइन्छ । बरु कर मिनाहा गरिदिने सर्तमा एनसिएल संग १० अर्ब चन्दा कसले लिएको हो ? ७० करोडको बार्गेनिङ कसले गरेको हो ? यति समूह, ओम्नि ग्रुपसङ्ग कमिसन कसले लिएको हो ? बालुवाटारको जग्गा कसले हडपेको हो ? वाईडबडी जहाज काण्ड भ्रस्टाचार कसले गरेको हो ?

३- जनताको प्राप्त अधिकार मास्ने जो आरोप छ, जनता तथा, सन्चार जगतको आवाज थुनेर गुपचुपमा भ्रस्टाचार गर्ने गरि सुचना विधेयक कसले ल्याएको हो ? वाक स्वतन्त्रताको धज्जि उडाउदै भिम उपाध्यालाई कस्ले गिरफ्तार गरेको हो? राहत बाड्नेहरुलाई कसले गिरफ्तार गर्दैछ ? नेकपाका नेताकार्यकर्ताहरु आज पनि करोडपतिहरुको कब्जामा परेको भ्रष्ट दलाल पुजीवादी ब्यवस्थाको बिकल्पमा जनताको समुन्नत व्यवस्था बैज्ञानिक समाजबाद स्थापनाको निम्ति संघर्षमा छ्न । खुनी ओलि सरकारले दर्जनौ नेता कार्यकर्ताको हत्या गरिसकेको छ । ईतिहासका निर्माता जनता हुन, बिप्लब आज पनि जनता संगै छ्न । प्रतिबन्ध गरेको एक महिनामा सिध्याउने घोषणा गरेको ओलि सरकारले एक बर्षमा पनि भेटाउन सकेको छैन । म चुनौती दिन्छु, बिना सुरक्षा ओलि एक दिन जनताको बिचमा बस्न सक्छ्न ? सक्दैनन, अनि कसले मासिरहेको छ जनताको अधिकार ?

४- देशद्रोही भन्ने जो आरोप छ, महाकालि भारतलाई कसले बुझाएको हो ? अरुण तेस्रो, माथिल्लो कर्णाली भारतलाई कसले बुझाएको हो ? अहिले संसदमा MCC पास गरेर नेपाललाई साम्राज्यबादिहरुकाे कृडास्थल बनाउने खुंखार जोडबल कसले गरिरहेको छ ? किस्ता किस्तामा भारतियहरुलाई नागरिकता बितरण कसले गरेको हो ? जो आज पनि राष्ट्रिय स्वाधिनताको निम्ति राष्ट्रिय मुक्ती युद्द लडिरहेको छ उ कसरी देशद्रोही ?

५- गणतन्त्र स्थापना भएको र शान्ती शुनिस्चित भएको दाबी जो गरिएको छ, पहिलो कुरा यो गणतन्त्र होइन, यो लुट्तन्त्र हो, यो मनपरितन्त्र हो, पैसा पावर र शक्ति हुनेहरुको लुटखसोट गर्ने ब्यवस्था हो यो । गणतन्त्रमा पार्टी प्रतिबन्ध गरिन्छ ? अनि तपाईले भनेकै गणतन्त्र मान्ने हो भने पनि, ओलिको गणतन्त्रमा बिरोध गर्न, मुर्दावाद भन्न, पुत्ला जलाउन पाइदैन, यो त गणतन्त्रको आदर्श होलानी ? अनि बिरामिहरुले जे गर्दा पनि छुट दिने बिरोध नगर्ने, ओलिबालाई अस्पताल पठाउनुस, सिघ्र स्वास्थ्य लाभको कामना छ । शान्ती शुनिस्चित भएको भए, दिनहु ओलि सरकारको बिरुद्द यत्रो प्रदर्शन किन भैरहेका छ्न ? जो थेग्न नसकेर उपत्यकाका सार्बजनिक ठाउहरुमा बिरोध गर्न प्रतिबन्ध गरिएको छ, अहिलेपनी सरकारले बिरोध थेग्न परिणामहिन लकडाउन गरिरहेको छ । यहि हो गणतन्त्र र जनताको अधिकार ?

६- अन्तमा जो तपाइले संस्कार सिकाउनु भएको छ, तपाईले ओलिबाबाट बाबुरामलाई हार्दिक श्रद्धाञ्जली लेख्ने संस्कार सिक्नुभएको हो ? स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामाग्री खरिदमा घोटाला गर्दा जनताले बिरोध गरे, तपाईले “बिरोधिहरु किरा हुन,भानुभक्त हिरा हुन ” लेखेको बिर्सनु भयो ? ओलि सरकारको शृङ्खलाबद्ध भ्रस्टाचारको बचाउ गर्नु तपाईको दिनचर्या बनेको छ, यहि हो संस्कार ? पहिले तपाईं राम्रो बन्नुस, राम्रोलाई साथ दिनुस अनि सल्लाह शुझाब दिनुस,अनि संस्कार सिकाउनुस, धन्यवाद ।

यस्तो थियोे एन महरकाे अभिव्यक्ति ।

प्रिय साथीहरु (समर्थक,आलोचक र बिरोधी सबै) एकपटक ध्यान दिएर पढ्न अनुरोध गर्दछु:

अहिले हाम्रो देश र राजनितीको दुइटा बिचार र प्रवृत्ति सबै भन्दा घातक हुन । पहिलो :नेपाली जनताको लामो संघर्ष बलिदानी पस्चात देशमा राजनितिक पतिवर्तन भएको छ।नेपाली जनताले चाहेको शान्ति स्थापनाको सुनिस्चितता भएको छ। लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ। जनताका मौलिक अधिकारहरु स्थापित भएका छन। अब नेपाली जनता शान्ती र लोकतान्त्रिक गणतन्त्रको जगमा सुख र समृद्धि प्राप्त गर्न चाहन्छन ।

हो हामिले नेपाली जनताको यहि चाहना र भावनाको नेतृत्व गर्नु पर्दछ। तर हत्या हिंसाको माध्यम बाट समाजलाई आतंकित बनाउने मान्छे मार्ने धम्की दिने जबर्जस्ति चन्दा उठाउने र जनताको अमनचयन खलबल्याउने कामको नेतृत्व बिप्लव समुहले गरिरहेको छ। साथै जनताका प्राप्त अधिकारहरुलाई उग्र क्रान्तिकारिताको नाममा मास्न खोज्ने दुस्साहस पनि बिप्लव समूह बाट भैरहेको छ। यो प्रवृत्तिले नेपाली जनताको शान्ती र लोकतान्त्रिक गणतन्त्रको जगमा सुख र समृद्धि प्राप्त गर्ने चाहनालाई अबरोध गरेको छ।

दोस्रो: अहिले मुलुक हाम्रो भुमिको रक्षाको लागि राष्ट्रियताको लडाई लडिरहेको छ । जब राष्ट्रियताको लडाई लड्ने बेला आउँछ त्यति बेला मुलुक संग आधारभुत रुपमा दुइटा कुराको आवस्यकता पर्दछ । पहिलो राष्ट्रिय एकता र दोस्रो बलियो सरकार । अहिले हामिले यी दुइटै कुरा प्राप्त गरेका छौं र हामीसँग प्रशस्त मात्रामा ऐतिहासिक तथ्य र प्रमाणहरु पनि उपलब्ध छन। तर यस्तो बेलामा केही गद्धार दलाल राष्ट्रघाती हरु राष्ट्रिय एकता खलबल्याउने र राष्टृयताको लडाँईको नेतृत्व गरिरहेको सरकारलाई कमजोर बनाउन अनेक हर्कत गरिरहेका छन। खासगरी बाबुराम भट्टराई हरु आज यो देश प्रती गद्धारी गरिरहेका छन। कहिले भारतलाई चिड्याउनु हुन्न भनेर त कहिले भुमी मात्र राष्ट्र होइन भनेर भारतको दलाली खुल्लेआम गरिरहेका छन। यो प्रवृत्तिले नेपाली जनताको राष्ट्रियताको भावनामा आंच पुर्याएको छ।

यो तथ्यले के पुष्टि गर्छ भने नेपाली जनातका वास्तविक दुस्मन बाबुराम र बिप्लवहरु हुन । यतिबेला राष्ट्रियताको लडाईको यस घडिमा सबैभन्दा ठूलो दुस्मन बाबुराम भट्टराई प्रवृत्ति हो। त्यसैले यी देशद्रोही लाई हामिले बेलैमा चिन्नु पर्छ र यिनको भण्डाफोर गर्नुपर्छ। राष्ट्रियताको लडाई लडिरहनुभएको देशको शिर ठाडो पारेको नेपाली हुनुमा र अझ उहाँको पार्टिको कार्यकर्ता हुनुमा गौरव बोध भैरहेको बखतमा सम्माननिय प्रधानमन्त्री केपि ओलिको बिरुद्धमा मुर्दावाद भन्दै नारा लगाउने र अझ बिरामी छन भन्ने थाहा हुँदा हुँदै पुत्ला जलाउने मनुवाहारुले संस्कार र स्कुलिङ्ग को पाठ सिकाउँदा ती शब्दहरुलाई पनि लाज लागिरहेको होला ।

देशभक्त राष्ट्रवादी लाई सलाम गर्नु पर्छ!देशको पक्षमा लडाई को नेतृत्व गर्नेलाई सम्मान गर्नु पर्छ भन्ने संस्कार छ हामी संग। संगसंगै देशद्रोही राष्ट्रघाती हरुलाई घृणा गर्नु पर्छ र त्यस्तालाई तिरस्कार गर्नु पर्छ भन्ने उच्च संस्कार छ हामी संग।यहि हो हाम्रो स्कुलिङ पनि देशभक्त राष्ट्रको छोरो केपि ओलिको स्कुलिङ छ हामी संग जनताको बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारिको स्कुलिङ र संस्कार छ हामी संग देश र जनता नै सर्बोपरी हो र आवस्यकता परे यसका लागि बलिदान दिन पछि हट्नुहुँदैन भन्ने स्कुलिङ र संस्कार छ हामीसंग । यदि नामको अगाडी डाक्टर लेखेर बौद्धिक भैन्छ र त्यो बौद्धिकताले राष्ट्रघात गर्छ भने हामिलाई त्यस्तो राष्ट्रघाती बौद्धिक हुनुछैन बरु अरिंगाल रुपि देशभक्त हुनु मञ्जुरी छ।

कतिपय साथिहरुलाई नेतृत्व संग के सिक्ने हो भन्ने चिन्ता भएको रहेछ फेरि दोहोर्याएर भन्छु राष्ट्रका लागि लड्न र मर्न तयार हुने, राष्ट्रभक्त हरुलाई सलाम र सम्मान गर्ने र देशद्रोही गद्धार दलाल हरुको भण्डाफोर गर्ने यस्ता गद्धारहरुलाई घृणा गर्नुपर्छ भन्ने कुरा सिक्न म बिनम्रतापुर्वक अनुरोध गर्दछु।

राजनितमा प्रेम र सम्बन्ध :

यहि बेला राजनितिमा प्रेम र सम्बन्धको बारेमा केही भन्नू वाञ्छनीय ठानेको छु । जब बिबाहित जोडि लामो समयको प्रेम र सम्बन्ध पछि बिचार व्यवहार शैली सबैमा एकरुपता ल्याउन नसकेपछी सम्बन्ध बिच्छेदको निश्कर्षमा पुग्छन र सम्बन्ध बिच्छेद गर्छन।यो अवस्था राम्रो त होइन तर यसले अहिले कानुनी मान्यता प्राप्त गरेको छ र सम्बन्ध बिच्छेद पछि नयाँ सम्बन्धको बाटो खुल्छ। जब नयाँ सम्बन्ध गास्न पुग्छन पहिलो सम्बन्ध बाट सिकेर दोस्रो सम्बन्ध बलियो बनाउने प्रण गर्छन ।

यदि दोस्रो सम्बन्ध बलियो बनाउने हो भने त्यस सम्बन्ध प्रती इमानदार हुनु पर्छ र प्रेम पनि गर्नु पर्छ। सम्बन्ध दोस्रो बलियो बनाउन खोज्ने अनि प्रेम पुर्व पति वा पत्निलाई गर्ने कुरा किमार्थ दोस्रो सम्बन्ध बलियो बनाउने आधार हुन सक्दैन र यसलाई बेइमानी भनिन्छ। त्यसैले म अनुरोध गर्छु कि अहिलेको सम्बन्धलाई बलियो बनाऔं यो सम्बन्धलाई नै प्रेम गरौ बाबुराम र बिप्लवलाइ बिर्सौं त्यो अतीत हो नेकपालाई सम्झौ यो बर्तमान हो र नेकपालाई बलियो बनाऔं। धन्यवाद ! #Forget yesterday love today think for tomorrow

ऐन महर, संयोजक अनेरास्ववियू

प्रतिकृया दिनुहोस्