News Portal

पेट्रोल पम्पमा कोरोना भाइरस संक्रमणको खतरा

रातोपोस्ट संवाददाता
६८६ पटक

एजेन्सी । कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दै गएको छ । सार्वजनिक स्थानमा मानिसहरूलाई एकत्रित हुन रोक लगाइएको छ ।

तर पेट्रोल पम्पहरू खुला छन् । पछिल्लो समय पेट्रोल पम्पमा कोरेना भाइरस धेरै दिनसम्म जीवित रहन सक्ने दाबीहरू आइरहेका छन् । युनिभर्सिटी कलेज लन्डनका भाइरोलोजिस्ट डा. जोय ग्रोबका अनुसार कुनै धातु अथवा प्लास्टिकबाट बनेको सतहमा भाइरस कैयौं दिनसम्म जीवित रहन सक्छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनका सहायक डोमिनिक कमिङ्सविरुद्ध लकडाउन उल्लंघन गरेर लन्डनबाट दरहमको दुईतर्फी यात्रा गरेको आरोप लागेको छ । यात्राका दौरान के उनी कुनै सर्भिस स्टेसनमा रोकिएका हुन सक्ने पनि आरोप लगाइएको छ । यद्यपि डोमिनिकले आफूमाथि उठेको आरोपलाई अस्वीकार गरेका छन् ।

डा। ग्रोबले हरेक व्यक्तिमा संक्रमणको स्तर फरक हुने भएकाले डोमिनिकको विषयमा आफूले केही भन्न नसक्ने बताएका छन् । तर सर्भिस स्टेसनजस्ता स्थानमा भाइरस केही समयसम्म रहन सक्ने विषय चिन्ताजनक भएको उनको भनाइ छ । डा. ग्रोबले भने, “यदि कुनै व्यक्तिको हातमा भाइरस छ भने यस्तो स्थानमा भाइरस रहने खतरा अत्यन्तै बढी हुन्छ ।” बीबीसी

प्रतिकृया दिनुहोस्

0ur team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
सम्पर्क नम्बर (९८५२६२१३००)

Copyright © 2016-2024 RatoPost | Powered By EasySoftnepal