News Portal

  • वीरगञ्जमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

    रातोपोस्ट संवाददाता
    ९५ पटक

    काठमाडौं। वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भएको ७० वर्षीय पुरुषमा मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

    ‘उहाँको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उहाँमा कोरोना संक्रमण भएको आशंकामा शव संकलन भएकोमा आज पोजेटिभ रिपोर्ट प्राप्त भएको छ’ उनले भने, ‘उहाँ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी भएको खुल्न आएको छ ।’

    कोरोनाको रिपोर्ट आउन किन ८ दिन लाग्यो भन्नेबारे राखिएको जिज्ञासामा उनले नारायणी र काठमाडौंमा दुई तिर परीक्षण गर्दा ढिलाइ हुन पुगेको बताए । ‘यता नारायणीमा निकै चापले दुई तीन दिन लाग्यो । त्यहाँ शंकास्पद नतिजा देखिएपछि काठमाडौंमा पुनःपरीक्षण गराउँदा रिपोर्ट ढिलागरी प्राप्त भयो’,

    यससँगै नेपालमा कोरोना संक्रमणको कारण मर्नेको संख्या ४ पुगेको छ । यसअघि कोरोनाको कारण सिन्धुपाल्चोक, बाँके र गुल्मीमा गरी ३ जनाको मृत्यु भइसकेको छ । यसबारेमा भने मन्त्रालयले केही जानकारी दिएको छैन । उनको अन्त्यष्टी समेत गरिएको छ ।

    प्रतिकृया दिनुहोस्