News Portal

  • दोलखामा तामाकोसीले बगाउँदा दुई युवा बेपत्ता

    रातोपोस्ट
    ४०१ पटक

    चरिकोट। तामाकोसी नदीले बगाउँदा दोलखामा दुई युवा बेपत्ता भएका छन्। नदीमा माछा मार्न र पौडी खेल्न गएका युवालाई बाढीले बगाएको हो। दोलखाको मेलुङ गाउँपालिका-१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल र कालिञ्चोक गाउँपालिका ७ का १९ वर्षीय नवराज पौडेललाई आइतबार नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ।

    उनीहरु छुट्टा छुट्टै ठाउँमा नदीमा डुबेर बेपत्ता भएका हुन्। भुजेल चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको बेला बेपत्ता भएका प्रहरीले जनाएको छ। त्यस्तै कालीञ्चोक गाउँपालिका-७ ठूलाखेत बस्ने १९ वर्षीय नवराज पौडेल तामाकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएक जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए। बेपत्ता दुबैको स्थानीय तथा प्रहरीको सक्रियतामा खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)