News Portal

मन्त्रालयले भन्यो- नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ जना पुग्यो

रातोपोस्ट संवाददाता
३९४ पटक

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ स्थित ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको बताए ।

उनको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको थियो । यसअघि नेपालमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ । यससँगै मृतकको संख्या ४ पुगेको हो ।

प्रतिकृया दिनुहोस्