News Portal

  • प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

    रातोपोस्ट संवाददाता
    ४८४ पटक

    काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार साँझ ५ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।

    सीमा विवादलगायत विभिन्न समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ‌ओलीले सर्वदलीय बैठक डाक्नुभएको बताइएको छ । सरकारले केही दिनअघि मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा प्रकाशित गरेपछि निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सहमति जुटाउन बैठक केन्द्रित हुने छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)