News Portal

  • पूर्वी नाकाबाट कोरोना जाँच बिना धमाधम जिल्ला पठाइदै

    अर्जुन कार्की
    ४२० पटक

    झापा। भारतको सीमा नाका पानीट्याङ्कीबाट लुकिछिपि आएका सयौँ नेपाली नागरिकहरुलाई कोरोना जाँच बिना धमाधम नेपाल भित्राइदै छ । पानीट्याङ्कीबाट लुकिछिपि मेची पुल आएका सयौँ नेपाली नागरिकहरुलाई कोरोनाको जाँच बिना स्थानीय र प्रहरीको सहयोगमा गाडीमा हाल्दै सम्बन्धीत जिल्ला पठाउन थालिएको हो ।

    इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले भारतको सीमा नाकाबाट मेची पुल आएका उनीहरुलाई पोखरा र दोलखा बसमा हालेर पठाउने तयारी गरिएको बताए । स्थानीय निजी गाडीहरुले जिल्ला प्रशासन कार्यालयबाट पास लिएर भारतबाट आएका पैसा भएका नेपालीहरुलाई धमाधम लाने तयारी गरेको छ ।

    झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भारतको सीमा नाका पानीट्याङ्कीबाट लुकिछिपि मेचीपुल आएका नेपाली नागरिकहरुलाई सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्राएको बताएका छन् । सिडीओ रानाले सीमा नाकाबाट मेचीपुल आएका नेपाली नागरिकहरुलाई सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा बस्ने गरी पत्र थमाएर पठाउने गरिएको बताए ।

    पैसा नभएका नेपालीहरुलाई काँकरभिट्टा माविको होल्डिङ सेन्टरमा राखिने जनाएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले सामान्य फिवरको चेकजाँच गर्ने तयारी गरेको छ ।आरडीटी र पीसीआर टेष्ट नगरी काँकरभिट्टा नाकाबाट मङ्गलबार दिउँसो पोखराका ४० जना र दोलखाका ७० जना नेपालीहरुलाई बसमा हालेर लाने तयारी गरिएको छ ।

    प्रतिकृया दिनुहोस्