News Portal

  • कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु

    रातोपोस्ट संवाददाता
    ३५७ पटक

    कैलाली। कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गएराति करिब १२ बजे मृत्यु भएको हो ।

    वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलले बताए ।

    प्रवक्ता पौडेलका अनुसार वडा अध्यक्षको मृत्युको कारण खुल्न नसकेको बताएको छ । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

    उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने अस्पतालले जनाएको छ । ‘शवको पोष्टमार्टम हुन्छ त्यसपछि स्वाब संकलन गर्छौं’ अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भने ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)