News Portal

कोरोना भाइरस : अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या एक लाख नाघ्यो

रातोपोस्ट
५२२ पटक

काठमाण्डौ। अमेरिकामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख नाघेको छ । बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको कारण १ लाख ५ सय ७९ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार २ सय ७५ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये ४ लाख ७९ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् । ११ लाख ४४ हजार ७ सय २७ जना उपचार गराइरहेकोमा १७ हजार भन्दा धेरै गम्भीर बिरामी छन् ।

२ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वका ३ लाख ५२ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । ५६ लाख ८१ हजारभन्दा धेरैमा सङ्क्रमण भएकोमा २४ लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

प्रतिकृया दिनुहोस्