News Portal

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
५९९ पटक

झापा। झापामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वास्थ्य परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।

प्रजिअ रानामगरले भने, ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबै भारतबाट आएका हुन् ।’ संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु चिकित्सकको निगरानीमा रहेको पनि प्रजिअ रानामगरले बताए ।

प्रतिकृया दिनुहोस्