News Portal

  • रुकुम पश्चिम घटना : दोषिलाई कारवाही गर्न माग गर्दै पूर्बी नाकामा प्रदर्शन

    रातोपोस्ट संवाददाता
    १०२८ पटक

    झापा। पश्चिम रुकुमका नवराज बिकको हत्यामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दैै पूर्बी नाका काकरभिट्टा बिरोध प्रदर्शन गरिएको छ ।

    झापाका कृयाशिल दलित संघसंगठनले दोषीमाथी कारबाहीको माग गर्दै काकरभिट्टामा र्याली आयोजना गरिएको छ । जातीय भेदभावले नेपाली समाज अझै अन्धबिश्वाशमा रहेको पुष्टि गरेको भन्दै दलित अगुवाले रुकुमको घटनामा हत्या गरिएका सबैलाई न्याय दिलाउन माग गरिएको छ ।

    प्रेम विवाह गर्न खोज्ने युवालाई कथित तल्लो जाति भएकै कारण हत्या गरिएको दलित अगुवाको भनाइ छ । उनीहरुले यस घटनामा संलग्नलाई उन्मुक्ति दिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    कोणसभामा बोल्दै अधिकाश बक्ताले मानव समाजमा रुकुमले पशुवत व्यवहार देखाएको आरोप लगाए । उनीहरुले बिभेदरहित समाज बनाउन आग्रह गरेका छन् । सो सभालाई दलित अगुवा टीका मग्राती, छबिलाल बिक, ध्रुव कनाल र पत्रकार महासंघ झापाका सचिब सन्तोष आचार्यले सम्बोधन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)