
प्रेमको मन्दिरमा बलि चढायौ ।
***********************
छुरा चलाएयौ !
असमानताकाे फुल तिमिले
आफ्नै गमलामा फुलायौ
ढुङ्गा जस्तो मन तिम्रो “महासय
प्रेमको मन्दिरमा मलाइ बलि चढायाै!
तिम्रो मन ढुङ्गा नभएको भए
बिभेदको पर्खाल कहाँ लाउँथ्याै ?
असमानताकाे फुल तिमिले नरोपेको भए
गन्दा राजनितीको अमर कहाँ बन्थ्याै?
आफ्नै शरीर खण्ड खण्ड बिभाजित
नगरेको भए
हिंस्रकको ताजमहल कहाँ लाउँथ्याै?
ढुङ्गा जस्तो मन तिम्रो महासय
प्रेमको मन्दिरमा मलाइ बलि चढायाै !
बाटो खुलाएको अभद्र मन
पश्चिम् दिसामा हिन्दु मन बिज्ञान भएको
दुर्पिन लगाएर
सिंहदरबारको कौसीबाट
तन्की तन्की हेर्दा
जातिबादि खाडलमा प्रेमको अस्तु गाडेको
कहाँ देख्थ्याै त
धागाेले बाँधेर बल लगाइ लगाइ तान्दा
मन ढुङ्गा नभएको भए
महासय
मान्छे मान्छे एउटै भन्न कहाँ डराउँथ्याै र
ढुङ्गा जस्तो मन तिम्रो “महासय
मलाइ पशु ठानेर
प्रेमको मन्दिरमा मलाइ बलि चढायाै !
समानताकाे नारा कति लगायौ लगायौ
तर आज असमान्ताको रेखी लगायौ ।
आफ्नै गमलामा असमान्ताको फुल फुलायौ!
छुरा चलायौ !
DB सर्वश्रेष्ठ युवा लेखक हुन्।उनी समसामयिक घटनाक्रमलाई साहित्य र लेख मार्फत ब्याख्या गर्न सक्ने खुबी राख्छन् ।उनको प्रेमिल कविता समयसान्दर्भिक भएकोले हामीले यहाँ स्थान दिएका छाैँ।