रातोपोस्ट संवाददाता

कैलाली। कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनका क्रममा मृत्यु भएका वडा अध्यक्षको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गय राति मृत्यु भएको थियो। उनको आज स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको हो।
वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ वर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भइ घटनास्थलमै मृत्यु भएको थियो। उनको धनगढीस्थित प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो।