News Portal

  • शिक्षामा १ खर्ब ७१ अर्ब बजेट बिनियोजन

    रातोपोस्ट संवाददाता
    ४९४ पटक

    काठमाडौं। सरकारले शिक्षा क्षेत्रका लागि १ खर्ब ७१ अर्ब बजेट विनियोजन गरेको छ । निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड दिइने बजेट भाषणमा भनिएको छ । विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड छुट्याइएको छ ।

    सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न दिवा खाजा कार्यक्रमका लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको छ । यसबाट २८ लाख बालबालिका लाभान्वित हुनेछन् ।

    मनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड बजेट बिनियोजन भएको छ । यसैगरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब बजेट विनियोजन भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)