News Portal

अब अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन

रातोपोस्ट संवाददाता
४७२ पटक

काठमाडौं । सरकारले पत्रपत्रिका र विद्युतीय सञ्चार माध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिने भएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार नेपालको आफ्नै स्याटेलाइट बनाइने बताउँदै प्रत्येक प्रदेशमा छायाँकनस्थल बनाइनेछ । साइबर ल्याब स्थापना गरिने पनि उनले जानकारी दिए । सरकारले चालु आर्थिक वर्षमा नवीकरण गर्न छुटेका सामुदायिक र सहकारीबाट सञ्चालित एफएमलाई आगामी २०७७ पुसम्म नवीकरण गर्दा छुट उपलब्ध गराउने भएको छ ।

प्रतिकृया दिनुहोस्