News Portal

अर्घाखाँचीका दलित अधिकारकर्मीद्धारा रुकुम घटनाको निष्पक्ष छानविनको माग गदै ज्ञापनपत्र

रातोपोस्ट संवाददाता
८४९ पटक

अर्घाखाँची । अर्घाखाँचीमा रहेका दलित अधिकारकर्मीहरुले अन्तरजातीय विवाहको विषयलाई लिएर गत जेष्ठ १० गते शनिबार पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं ८ सोती निवासी सुस्मा मल्ल र भेरीगंगा नगरपालिका वडा नं ४ रानागाँउ जाजरकोटका नवराज वि.क बीच लामो समयको प्रेम सम्बन्ध पछि जेठ १० गते रुकुम पश्चिममा भएको घटना प्रति दुःख व्यक्त गरेका छन् ।

२१ औं शताब्दीमा पनि जातिय बिभेद गरि ज्यानै लिने गरि भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गदै प्रमुख जिल्ला अघिकारी विजयराज पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको अघिकारकर्मीे विष्णु परियारले बताए ।

ज्ञापन पत्रमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको अमानवीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सूक्ष्म र निष्पक्ष छानविन गरी घटनामा संलग्न प्रत्येकलाई कानूनी दायरामा ल्याई कारवाही गर्न सरकारलाई आग्रह गरिएको छ ।

जातीय विभेदको पराकाष्ठाका रुपमा देखिएको घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा लोकेन्द्र सुनारको हत्या तथा अन्य २ जनाको स्थिति अज्ञात रहेको प्रति अघिकारकर्मीले गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख छ ।

जनताको धेरै ठूलो सघर्षपघि देशमा लोकतन्त्र र गणतन्त्र आए पनि जनताले न्यायपूर्ण, भेदभाव रहित र समावेशी समाजको परिकल्पना गर्न नसक्नु दुखद भएको बताउदै दोषीलाई कडा भन्दा कडा कार्यबाही गनुपर्ने अधिकारकर्मी राधा नेपालीको भनाई रहेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आजकोे २१ औ शताब्दीको युगमा पनि मानिस मानिसको बीचमा भेदभाब हुनु दुखद भएको बताउँदै दोषी उम्कन नपाउने अधिकारकर्मीका माग प्रति आफु सहमत रहेको बताएका थियो।

ज्ञापन पत्रमा पिडित पक्षका मागलाई राज्यले उचित क्षतिपुर्ति दिनुपर्ने सयौँ बर्षदेखि उत्पीडनको शिकार बन्दै आएका दलित समुदायको पक्षमा राज्यले संविधानमा अधिकारको व्यबस्था गरे पनि व्यबहारमा लागु गर्न नसक्दा दलित समुदाय झन् पछि झन् पिडित बन्दै गएको अधिकारकर्मी राजेन्द्र नेपालीले बताए।

ज्ञापन पत्रमा दलित अधिकारकर्मी कुल बहादुर नेपाली, कमल विक, ठाकुर सौराग, दिनेश सुनार ,मनिष हिताङ्ग, प्रितम परियार, सञ्चारकर्मी अनिल नेपाली, रमेश विक, बसन्त विक लगायतको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्