News Portal

  • झापाको कचनकवलमा थप २७ जनामा कोरोना पुष्टि

    रातोपोस्ट संवाददाता
    ४१० पटक

    झापा : झापामा थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लामा संक्रमितको संख्या १०७ पुगेको छ। शुक्रबार संक्रमण देखिएका सबै कचनकवल गाउँपालिकाका हुन्। संक्रमित सबै लकडाउनकै समयमा भारतबाट आएका हुन्।

    शुक्रबार कोसी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा देखिएका २७ संक्रमित सबैजना कचनकवलका भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए। कचनकवल गाउँपालिकाका ६ वटा क्वारेन्टाइनमा अहिले ३ सय ५० जना छन्। उनीहरु सबै भारत बाटै आएका हुन्।

    जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईका अनुसार संक्रमित देखिएकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यस अघि कचनकवल गाउँपालिकामा भारत बाट आएर क्वारेन्टाइनमा बसेका ७३ जनामा कोरोना संक्रमण देखिएको थियो। हाल संक्रमित कोभिड अस्पताल विराटनगर र धरानमा उपचाररत छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)