News Portal

आठ जना कोरोना जितेर घर फर्किए

रातोपोस्ट संवाददाता
३८० पटक

बुटवल । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ८ जना कोरोना जितेर आज घर फर्किएका छन् । अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार आज घर फर्कनेमा गढवाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका ३ जना रहेका छन् । संक्रमितहरुको २ पटकसम्म चेकजाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो ।

‘७ दिन र त्यसको ४८ घण्टापछि पनि चेकजाँच गर्दा नेगेटिभ आएपछि कोरोना संक्रमणबाट मुक्त भन्ने बुझिन्छ ’ वलीले भने । जसअनुसार आज दिउँसो डिस्चार्ज गरेको छौं ।’

कोरोना अस्पतालमा ४५ जनाले उपचार गरिरहेकोमा अहिले ३७ जनाले उपचार गरिरहेका छन् । डिस्चार्ज हुने सबै जेठ २ गते अस्पतालमा आएका थिए । बुटवल कोरोना अपस्पतालबाट भने अहिलेसम्म ११ जना डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस्