News Portal

रुकुम घटनाबारे पुर्व गृहमन्त्री जनार्दन शर्मालाई क्रान्तिकारी युवाकाे खुलापत्र

दिपेन्द्र क्षेत्री
११२९ पटक

शब्द सुरुवातमा तपाइलाई अभिबादन

# सर्बपर्थम मेरो परिचय भन्नुपर्दा म एक परिबर्तनको चाहा राख्ने क्रान्तिकारी बिचारधाराको एक युवा हु । मेरो घर रुकुम पश्चिम् हो जहाँ तपाइहरुले युद्ध कालिन समयमा आफ्नो दिगबिजयको यात्रा सुरु गर्नुभएको थियो र आम जनताहरुमा को ठूलो को सानो को धनी को गरिब सबै समान भन्ने नाराहरु घन्काउनु हुन्थ्यो । बर्गिय संघर्ष सङ्गै जातिय संघर्षलाई मुख्य रुपमा लिनु भएको थियो र समान्ताका आवाजहरु घन्काउनु भएको थियो हो त्यही ठाउको एक आम युवा हु म ।

पहिलो कुरा तपाइलाइ पत्र लेख्ने हैसियत म सङ्ग नहोला मन्त्री प्रभाकर ज्यु, दोस्रो कुरा उचित शब्दको चयन गर्न जान्दिन होला तसर्थ सर्बपर्थम क्षमा चाहन्छु मन्त्री ज्यु ।

हरेक नीति, नियम, राजनीति र कुटनितीसङ्गै देश तपाइले बराबर मैले बुझेको छैन मन्त्री ज्यु तर तपाइका आदर्शबादी कुराहरु मैले बच्चै देखि सुन्दै आएको छु । तपाइका भाषणबाट सत्यलाई स्वीकार गरि झुटको पर्दाफास गर्ने केही साहस प्राप्त हुन्छ त्यही कारण आज तपाइलाई पत्र लेख्ने अप्राध गरेको छु ।

जनयुद्धको अन्त्य भएको एक दशक भन्दा बढी समय बितिसक्यो मन्त्री ज्यु यो कुरा सर्बबिधितै छ र तपाइहरुले उठायको मुद्दा जातिय बिभेदको खण्डण गर्दै समाजलाइ नयाँ बाटोमा लम्काउनु भएको कुरा पनि सर्बबिधितै छ तर आज पन्चायतकाल जस्तै लाग्छ, जनयुद्धकालका ती मुद्दाहरु डस्टबिनमा फ्याकिए जस्तो लाग्छ, दलित, जनजाति, क्षेत्री, बाहुनसबै समान हुन भन्ने आज कुनै खुल्ला चौतारोको भाषण जस्तो मात्र लाग्छ, क्रान्तिले परिवर्तन नल्याएको जस्तो लाग्छ, लाखौ परिबर्तनगामी युबाहरुको योगदान बेर्थ भए जस्तो लाग्छ र हजारौ हजार सहिदहरुको बलिदान खेर गए जस्तो मन्त्री ज्यु किन कि अझै पनि बर्गिय समान्ता छैन र जातिय बिभेतको अन्त्य भएको छैन ।

तपाइहरुको शान्ती सम्झौताले परिबर्तन अझै आएको छैन मन्त्री प्रभाकर ज्यु । परिवर्तन छ त पत्रीकाको पन्नाहरुमा, परिवर्तन छ त केवल टेलिभिजनमा, परिवर्तन छ त केवल भ्रष्टाचारमा र परिवर्तन छ त केवल भाषणका शब्दहरुमा ।

न रगत फरक न त जगत फरक छ, न भोजन फरक न निद्रा फरक छ तर पनि जातिय बिभेत किन ?
यो समाज गलत हो कि, समाजलाई बुझाउन नसक्ने नेतृत्व गलत हो ? मन्त्री ज्यु !
यो प्रश्न तपाइलाई गर्नुको कारण तपाईं पनि एक कुशल नेतृत्व हुनुहुन्छ मन्त्री प्रभाकर ज्यु ।

रुकुम (पश्चिम्) चौरझारी नगरपालिका स्वतीको घटनामा आधारित मुद्दालाई मध्यनजर गर्दै तपाइलाई अनुरोध र नेतृत्वलाई आक्रोश पोख्दै यो खुल्ला पत्र लेख्दैछु मन्त्री प्रभाकर ज्यु ।
तपाइलाई थाहै छ देश नै हलचल बनाउदै आम जनताहरुको मानसपटलमा गुन्जायमान भएको जातिय बिभेदको घटना यसले चारैतिर आक्रोश सिर्जित गरेको छ र ठाउ ठाउमा आन्दोलन चर्किरहेको छ ।

यो घटनाले भोलि गएर जनताहरुलाई युद्धमा पक्कै पनि धकेल्छ यदि दोषिलाई कार्बाही र पिडितलाइ न्याय मिलेन भने । कता कता सुन्नेमा आएको छ कि स्थानीय सरकार दोषिको पक्षमा उभिएको छ र पिडित प्रती लापरबाहि गरेको कुरा ।

मन्त्री प्रभाकर ज्यु तपाइलाई यो पत्र लेख्नुको मुख्य कारण स्थानीय सरकारसङ्गै तपाइको पनि विशेष ध्यानाकर्षण होस, दोषिलाई कार्बाही होस, निर्दोषलाई न्याय प्राप्त होस , समाज रुपान्तरण हुने खालको न्याय होस मन्त्री ज्यु ।

कुरिति र अन्धबिस्वाश अन्त्यको घोषणा गर्ने नेतृत्वहरुले बुझ्नुभएकै छ होला यदि कुरा न्याय संगत को हो भने संविधान पनि बदलेको घोषणा गर्ने साहस अझै तपाईहरुमा छ अनि देश रुपान्तरण गर्ने क्षमता छ र सत्ता पनि तपाईहरुकै छ मन्त्री ज्यु । जातीय विभेद यौटा जघन्य अपराध हो यसले समाजमा नकारात्मक सोच पैदा गर्छ मन्त्री ज्यु यदि न्याय सङ्गत दोसिलाइ फाँसी दिने हो भने भोलिका दिनहरुमा कसैले बर्ग, जातिय विभेद, बलात्कार यस्तै अन्य जघन्य अपराध गर्ने बारेमा कदापी सोच्दैनन र पाइला चाल्दैनन ! न मैले न समाजले तसर्थ चौरझारी नगरपालिका वडा नम्बर ८ स्वती घटनामा निस्पक्ष छानबिन भै नबराज बि.क सहित अन्य मृतक र पीडित बर्गको परिवारलाई उचित न्याय मिलोस, दोषी व्यक्ति होस या समाज सजाय कडा होस तर लापरबाही नहोस मन्त्री ज्यु ।

प्रेम गर्नु कुनै गलत हैन तर प्रेम बचाउन आउनेहरुलाइ मेटाउन प्रयास गर्नु गलत हो, जातिय बिभेदकै कारणले प्रेम मेटाउनु गलत हो । जात र धर्मले प्रेम र मानब्तालाइ छेक्न सक्दैन तसर्थ मानब्ता बचाउन र समान्ता ल्याउन न्याय पुर्बक छानबिन, ध्यानाकर्षण होस अनि पिडित नवराज बि.क को परिवारलाई न्याय मिलोस तर सुन काण्ड, ह्वाइडबडी काण्ड, निर्मला हत्या काण्ड जसरी नबनाइयोस मन्त्री प्रभाकर ज्यु ।

लेख्न र सोध्न बाकी धेरैनै थियो मन्त्री ज्यु तर अहिलेको मुख्य बिषय भन्दा बाहिर जान चाहेन म र यो खुल्ला पत्रलाइ यहि समापन गर्दछु ।
सम्माननिय मन्त्री प्रभाकर ज्यु नमस्ते, रुकुम ( पश्चिम् )

प्रतिकृया दिनुहोस्