News Portal

नेपालको ७१ स्थानमा भूमि अतिक्रमण, प्रतिवाद गर्न नसक्दा झन् हौसिँदै भारत

रातोपोस्ट संवाददाता
७४१ पटक

काठमाडौं। सीमाविद्हरुका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ ।

भारतले सीमा अतिक्रमण गर्दै जाने र नेपाली पक्षबाट त्यसको सशक्त प्रतिवाद हुन नसक्दा भारतीय पक्ष हौसिँदै एकपछि अर्को स्थानमा सीमा अतिक्रमण गर्ने क्रम बढ्दै गएको सीमाविद्हरुले बताएका छन् ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले सीमा जोडिएका २७ जिल्लामध्ये भारतले २४ जिल्लाका ७१ स्थानमा ६ सय ६ वर्ग किमि नेपाली भूमि विभिन्न बाहानामा अतिक्रमण गरेको बताए । राजधानी दैनिक

प्रतिकृया दिनुहोस्