News Portal

एटीएम फुटाएर पैसा निकाल्न खोज्‍ने युवक पक्राउ

रातोपोस्ट संवाददाता
४५३ पटक

भक्तपुर। भक्तपुरको ठिमी वाहखा बजारमा एनआइसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ परेका छन् ।

मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का संजिव चित्रकारको घरमा रहेको एटीएम मेसिन फुटाउँदै गर्दा सिन्धुपाल्चोकको कदमवास घर बताउने सचिन तामाङलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

उनले एटीएम मेसिनको बाहिरी कभर मात्रै फुटाएको र रकम लुट्न नपाउँदै पक्राउ गरिएको प्रहरी नायव उपरिक्ष दीपक गिरीले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्