News Portal

नेकपाका नेता राजवंशीको निधन

रातोपोस्ट संवाददाता
८२५ पटक

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हंसलाल राजवंशीको निधन भएको छ । उच्च रक्तचापका रोगबाट पीडित राजवंशीको शनिवार साँझ पाँच बजे उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो ।

तत्कालीन दुहागढी गाविसका उपाध्यक्ष समेत रहेका नेता राजवंशी स्थानीय क्षेत्रमा लोकप्रिय थिए । झापाको कम्युनिष्ट आन्दोलनको अगुवा आदिवासी नेता, सरल र मिलनसार व्यक्तित्वका धनी राजवंशीको निधनप्रति नेकपाका विभिन्न कमिटीले दुख व्यक्त गरेका छन् ।

प्रदेश सभा सदस्य गोपाल बुढाथोकीले नेता राजवंशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै लेखेका छन्, ‘विद्यार्थी आन्दोलन देखिको मेरो नेता, श्रमजीवी जनताका प्रिय नेता कमरेड हशंलालप्रति भावपूर्ण श्रद्धाञ्जलि । शोकाकुल सबैमा गहिरो समवेदना ।’

विराटनगरबाट शव ल्याएर आइतवार बिहान १० बजे देउनिया घाटमा राजवंशीको दाहसंसकार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्