News Portal

  • एकका लागि एक अभियानले दियो नगरपालिकालाई सय थान आरडीटी किट

    रातोपोस्ट संवाददाता
    ३६८ पटक

    झापा, जेठ १८ । झापाको मेचीनगर नगरपालिकालाई ‘एकका लागि एक’ अभियानले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किट प्रदान गरेको छ ।

    कोरोना भाइरस परीक्षणको दायरा बढाउन आज आइतबार एक सय थान आरडिटी किट प्रदान गरिएको अभियानको साझेदार संस्था वीरता जेसिजका अध्यक्ष मिजास पोखरेलले जानकारी दिए ।

    एक कार्यक्रमका बीच नगरपालिकाको कार्यालयमा नगर प्रमुख विमल आचार्यलाई किट प्रदान गरिएको हो । झापाको प्रमुख नाका काँकरभिट्टा हुँदै स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएकाले परीक्षणको दायरा पनि बढाउनु पर्ने भएकाले किट प्रदान गरिएको अभियानको साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य सञ्जीव घिमिरेले बताए ।

    अभियानले यसअघि जिल्ला प्रशासन कार्यालय झापामार्फत ३४० थान भाइरल ट्रान्सपोर्ट मिडियम ९भिटिएम० किट प्रदान गरिसकेको छ । एक हजार किट खरिद गरेर झापामा परीक्षणका लागि हस्तान्तरण गर्ने योजना अभियानले बनाएको छ । किट हस्तान्तरणअघि पोखरेलले अभियानले अब स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्याउने उल्लेख गरे ।

    अभियानका सदस्य विशाल बस्नेतले सहजीकरण गरेको कार्यक्रममा नगरप्रमुख आचार्यले क्वारेन्टिन व्यवस्थित गर्न जरुरी रहेको धारणा राखे । उनले किट अभाव भइरहेको अवस्थामा अभियानले उपलब्ध गराइदिएकोमा धन्यवाद दिए ।

    झापामा परीक्षण किटको अभाव भएपछि अभियानले खरिदमा चासो देखाएको थियो । यसअघि खाद्यान्न वितरण र खाना खुवाउँदै आएको अभियानले अब स्वास्थ्य परीक्षणमा केन्द्रित हुने जनाएको छ ।
    कार्यक्रममा अभियानको प्रमुख साझेदार सहारा नेपाल साकोसका सञ्चालक सदस्य अर्जुन चुडाल, मोहन पोखरेल, वीरता जसिजका पूर्वअध्यक्ष विशाल थापा लगायतको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)