News Portal

भारतमा कोरोना भाइरस, कति पुग्यो संक्रमित र मृतकको संख्या ?

रातोपोस्ट संवाददाता
७५८ पटक

काठमाडौँ । भारतमा कोरोना भाइरसका कारण आइतबारमात्रै २२३ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण हालसम्म भारतमा ५ हजार ४०८ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार आइतबारमात्रै ८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म १ लाख ९० हजारभन्दा बढी संक्रमित रहेका छन् । झण्डै ९१ हजार संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया दिनुहोस्