News Portal

  • कञ्चनपुरमा ११ महिने बालिकामा पनि कोरोना पुष्टि

    रातोपोस्ट संवाददाता
    ८१५ पटक

    कञ्चनपुर, १९ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ मा ११ महिने बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोट पोजिटिभ आएको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य प्रमुख परमानन्द भट्टले बताए ।

    संक्रमितका आमाबुवा यही जेठ १४ गते धनगढीको गौरीफन्टा नाका हुँदै कञ्चनपुर आइपुगेका थिए । संक्रमित बालिका बुवाआमासँगै भारतको गुडगाउँबाट नेपाल आएकी हुन् ।

    बालिकाकी आमाको रिपोर्ट नेगेटिभ आएको छ भने बुवाको परीक्षण हुन बाँकी छ। उनीहरुकाे सम्पर्कमा रहेका व्यक्तिको अहिले खाेजी भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)