News Portal

बाँके बस दुर्घटनाका १२ मृतक र २० घाइतेको परिचय खुल्यो (नामावलीसहित)

रातोपोस्ट संवाददाता
५९३ पटक

काठमाडौं, १९ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा आइतबार राति भएको सडक दुर्घटनामा ज्यान गुमाउने सबै १२ जनाको परिचय खुलेको छ ।

ज्यान गुमाउनेमा ठेगाना नखुलेका निमबहादुर ओली, देउवीर बिक, बुद्धिराम बिक, सीता पुन, पूर्ण बहादुर पुन, रितेश कार्की, रोल्पा थवाङ ३ का भिमबहादुर बिक र नरेन्द्र बिक रहेका छन् ।

Dish_Home
यसैगरी रोल्पा रुन्चेगढी ६ होलेरीका मोहनचन्द्र बिक, दाङको राजपुर ६ का रामकुमार पुन, गुराँस नगरपालिका ४ दैलेखका दानबहादुर खड्का र वीरेन्द्रनगर नगरपालिका सुर्खेतका पवन भण्डारीको पनि मृत्यु भएको छ । खड्का चालक र भण्डारी सहचालक हुन् ।

भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको थियो ।

११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा २० जना घाइते भएका छन् । उनिहरु सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्